तीन पत्रकार पुरस्कृत

काठमाडौं- नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले तीन पत्रकारलाई पुरस्कृत गरेको छ । हिजो आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ‘शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ, ‘सिविफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ बाह्रखरी डटकमका विजय पराजुली र ‘टक्सार’ म्यागेजिनका अनुप आचार्यलाई प्रदान गर्नुभयो ।

शारदा–ढुण्डीराज पुरस्कारको राशि रु एक लाख तथा सिविफिन–नाफिज बैंकिङ पुरस्कारको राशि रु ५० हजार रहेको छ । सो अवसरमा डेपुटी गभर्नर मिश्रले पत्रकारले आर्थिक परिसूचकलाई सबै जनताले बुझ्ने गरी सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्ति हुनुपर्नेमा जोड दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकिङ प्रणाली थप सहज गराउनुपर्ने बताउनुभयो ।

निक्षेप राख्दा अनावश्यक जानकारी पेस गर्नुपर्ने व्यवस्थाले अर्थतन्त्रलाई नै घाटा पुगेको उहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले नाफिजको वार्षिक जर्नल ‘अर्थचित्र’को विमोचन गर्नुभएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.