नेपालको राजनीति दुई ध्रुवमाः पोखरेल

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजित भएको बताउनुभएको छ ।

दसैं तिहारका अवसरमा शुक्रबार काठमाडौंमा भएको चियापानमा वरिष्ठ उपाध्यक्ष पोखरेलले एक धारको नेतृत्व एमाले र अर्को धारको नेतृत्व नेपाली कांग्रेसले गरेको उल्लेख गर्नुभयो । ‘प्रगतिशील विचारको नेतृत्व एमालेले गरेको छ,’ उहाँले भन्नुभयो, ‘कांग्रेस नेतृत्वको गठबन्धनले अर्को धारको नेतृत्व गरेको छ ।’

पोखरेलले राज्यका अंगहरु कमजोर बनाइएको भन्दै सञ्चार माध्यमहरुले सत्यताको पक्षपोषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायालय, कार्यपालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने अवस्थामा रहेको जिकिरसमेत गर्नुभयो ।

आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने पोखरेलको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.