जंगबहादुरको पालामा बनेको लामपाटी दरवारको मर्मत शुरु

अर्घाखाँची- जंगबहादुर राणाद्वारा निर्मित अर्घाखाँचीको लामपाटी दरवारलाई संरक्षण गरिने भएको छ । दरवारको संरक्षणका लागि पर्याप्त बजेटको अभावकै बिच मर्मत कार्यहरु शुरु गरिएको हो ।

संरक्षणको अभावमा जीर्ण बनेको ऐतिहासिक धरोहरको रुपमा प्रख्यात अर्घाखाँचीको लामपाटी दरवारलाई संरक्षण गरिने भएको छ ।

लामो समयदेखि जीर्ण अवस्थामा रहेको बिसखुट्टे दरवार संरक्षणका लागि प्रयाप्त बजेट अभावकै बीच केही मर्मतका कार्यहरु शुरु गरिएको सन्धिखर्क नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष रिषब अधिकारीले बताउनु भएको छ ।

बालनरसिंह कुँवरले दैलेखमा जागिर खाएको समय आफ्नी गर्भवती पत्नीलाई पैदल काठमाडौं पठाउने क्रममा यो स्थानमा जगंवहादुर जन्मिएको इतिहासमा उल्लेख छ ।

आफु शक्तिमा रहेको समय जन्मस्थानको सम्झनामा जगंवहादुरले निर्माण गरेको नेपालकै एकमात्र बिसखुट्टे दरवारलाई संरक्षणसँगै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक भएको स्थानीय बताउँछन ।

कीर्तिपुर विश्वविद्यालयमा रहेका दुई हजार सालभन्दा अगाडिका कागजादमा समेत जंगवहादुर राणा यो स्थानमा जन्मिएको प्रमाण सुरक्षित रहेको जानकारहरु बताउँछन् ।

सदरमुकाम सन्धिखर्कबाट करिब १२ किलोमिटर कालोपत्रे सडकमा पुग्न सकिने लामपाटी दरवार वरपर प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ ।

लामपाटी दरवार नजिकै रहेको गोपेश्वर पीठलाई २४ लाख गायत्री जपद्वारा तिर्थस्थान वनाइएको कारण यहाँको दर्शन गरे मनले चिताएको कार्य पुरा हुने जनविश्वास रही आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.