धादिङमा दुई जनाको मृत्यु

धादिङ– धादिङबेसी सल्यानटार सडक खण्डमा आज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुकासाथै आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा ट्रकमा सवार कपिलवस्तुको तौलिहवा निवासी अन्दाजी वर्ष ३५ को इन्द्रजित पासी र २५ वर्षीय सइम अन्सारी रहेको धादिङ प्रहरीले जनाएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।

सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.