बडादसैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौं- बडादसैंको टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०:३४ बजे विसर्जन गरी ११.५१ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।

नेपाली हिन्दु परम्परा र ज्योतिषशास्त्र अनुसार भूगोल र सूर्योदयका आधारमा साइत निर्धारण गर्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.