विकास र समृद्धिको अगुवाइ राजनीतिक दलले नै गर्नुपर्छ : निधि

काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देश र जनताको हितमा काम गर्नका लागि राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

१५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा महेन्द्र नारायण स्मृति प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निधिले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दलहरुले अगुवाइ गर्नुपर्ने समेत बताउनुभयो ।

निधिले विश्वकै शान्ति, समृद्धि, विकास र मानव अधिकारको प्रवर्द्धनका लागि गान्धी विचारधारा सबैभन्दा उत्तम बाटो रहेको जिकिर गर्नुभयो । उहाँले ढिलै भए पनि अब गान्धी र गान्धीको बाटोलाई संसार भरी सम्झिनु विश्वकै लागि राम्रो रहेको बताउनुभयो ।

मानव सभ्यताको विकासको गान्धी विचारधारा अहिले पनि सान्दर्भिक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.