पत्रकार उपचार कोषमा ६० लाख

झापा- नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा रु ६० लाख रकम जुटिसकेको छ ।

महासङ्घ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो । जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् । कोषको रकम रु एक करोड पु¥याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम सङ्कलन गरिरहेको महासङ्घ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका–६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा रु २५ हजार सहयोग गर्नुभएको छ । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका उहाँले जन्मोत्सवका अवसरमा कार्यक्रममा नै आयोजना गरेर सो रकम अध्यक्ष गिरीलाई हस्तान्तरण गर्नुभएको हो ।

उहाँले यसअघि पनि जन्मोत्सवका अवसरमा स्थानीय क्लब, सङ्घसंस्थालाई यसरी नगद रकम सहयोग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.