बर्षाका कारण दाङमा एउटा घर भत्कियो

दाङ- अविरल बर्षाका कारण दाङमा एउटा घर भत्किएको छ । बर्षाका कारण घाेराही उपमहानगरपालिका – १४ झिगौराका प्यालाे चौधरीको घर भत्किएको हाे ।

घर भत्किँदा अन्य दुई घरमा क्षति पुगेकाे स्थानीय लालबहादुर चौधरीले जानकारी दिनुभयाे ।

लगातारकाे झरीले गएराति १२ बजे घर भत्किए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।

घर भत्किँदा विस्थापित भएकालाई गाउँमै राखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.