बाढीका कारण नारायणी पारीको सुस्ता डुबानमा

नवलपरासी- पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढि पसेको छ ।

नारायणी पारीको सुस्ता गाँउमा बाढिले ५ घर डुबाएको छ ।

सुस्ताको थारु टोलबाट बाढि बस्तीमा पस्न सुरु गरेको सुस्ता गाँउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो ।

पानीको सतह निरन्तर बढ्ने क्रममा रहेकाले सुस्ता गाँउ जोखिममा परेको छ ।

पारी सुस्ताबाट नेपालतर्फ आउन डुंगा एक मात्र विकल्प हो तर अहिले बाढिको भेलमा डुंगा चल्न नसक्ने भएकाले नेपालतर्फबाट उद्धार गर्न पनि नसक्ने अवस्था रहेको छ ।

बाढि बढ्दै जाँदा भारततर्फ भाग्नुपर्ने अवस्था आएको सुस्ताका स्थानीय रविन्द्र यादवले बताउनुभयो ।

अहिले बाढि नियन्त्रणका लागि बनाइएको संरचना भत्काएर बाढि बस्तीमा पस्न सुरु गरेको छ ।

गण्डक बाँधमा अहिले प्रतिसेकेन्ड ४ लाख ४० हजार क्युसेक पानीको बहाव रहेको छ । पानीको बहाव निरन्तर बढ्ने क्रममा रहेको गण्डक बाँधका नेपाली सम्पर्क अधिकारी अमित खड्काले जानकारी दिनुभयो ।

बाँधको संरचना पुरानो र कमजोर भएकाले तिन लाख ६७ हजार क्यूसेक पानीको बहाव पुगेपछि खतराको तह मानिन्छ ।

पानीको बहाव बढ्न थालेपछि हिजो बिहानैबाट गण्डक बाँधका सबै ३६ ओटा ढोका खोलिएका छन । गण्डक बाँधका कारण पश्चिम नवलपरासीका दुई दर्जन बढि गाँउ डुबानको जोखिममा पर्दे आएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.