भारतमा उत्पादन गरिएका औषधिबाट गाम्बियामा ६६ बालबालिकाको मृत्यु

काठमाडौं- भारतमा उत्पादन गरिएका चार किसिमका औषधि सेवनबाट अफ्रिकी मुलुक गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले औषधिको निर्माता मेडन फार्मा सिटिकल्स र भारतीय नियामक निकाय माथि अनुसन्धान सुरु गरेको छ ।

विश्व स्वास्थ्यको राष्ट्रसंघीय निकायले ती औषधिको बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ ।

भारतको हरियाणा राज्यमा बनेका खोकीको चार किसिमका औषधिहरु खाएका बच्चाहरुमा गम्भीर किसिमको मृगौलाको रोग लागेर उनीहरुको मृत्यु भएको थियो । बालबालिकाहरुको मृत्यु भएपछि गरिएको अनुसन्धानमा औषधिको कैफियत देखिएपछि स्वास्थ्य संगठनले प्रयोग नगर्न चेतावनी दिइएको सूचना आफ्नो आधिकारिक वेबसाइटमा राखेको छ ।

स्वास्थ्य संगठनले भारतमा बनेका प्रोमिथो जाइन ओरल सोलुसन, कोफिक्स मलिन बेबी कफ सिरप, माकोफ बेबी कफ सिरप र मागरिप एन कोल्ड सिरप औषधिमा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने तत्व फेला परेको बताएको छ । हाल गाम्वियामा फेला परेको यो घटना भारतीय औषधि प्रयोग गर्ने अन्य कयौं एशियाली र अफ्रिकी मुलुकहरुमा समेत हुनसक्ने तर्फ सचेत रहन पनि अपिल गरेको छ ।

स्वास्थ्य संगठनको निर्णय सम्वन्धमा भारतीय निकायहरुले भन कुनै प्रतिक्रिया नजनाएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.