बारामा मृत्यु हुने १८ पुगे

बारा– बारामा बिहीबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङख्या १८ पुगेको छ । मृतक सबैको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

आज पहिचान भएकाहरुमा पर्सा ६ सखुवा प्रसौनी निवासी ५५ बर्षिय गया राउत कम्कर र पर्सा १६ नगवाका ६० वर्षीय मालती देवी चौरसिया रहेका छन् । ४ जनाको अवस्था अझै गम्भीर रहेको छ । अन्य २९ जना सामान्य घाइतेको पनि उपचार भइरहेको छ ।

नारायणगढबाट वीरगन्जतर्फ जादै गरेको यात्रुबाहक बस हिजो अमलेखगन्ज तीन नम्बर पुल छेउ दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.