जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

जुम्ला– जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं ५ मा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार पहिरोमा परेर २ जना बेपत्ता भएका छन् । पहिरोमा परेर घाइते भएका दुई जनाको गम्भिर अवस्थामा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिनुभयो ।

घाइतेहरुलाई अस्पताल पठाइएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले घाइतेहरुको उद्धार र पुनर्स्थापनामा कुनै कसर बाँकी नराख्न गृह प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.