मोटरसाइकल दुर्घटनामा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङ– दाङमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

लमहीबाट भालुबाङ्ग जाँदै गरेको लु ४० प ४९२२ नम्बरको मोटरसाइकल गएराति मसुरियामा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिका लठ्ठहवा निवासी ३६ बर्षिय सुलेस चौधरी र ३६ बर्षकै लाहनु चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । सुलेसको नेपालगन्जमा र लहानुको लमहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने दुबै जना सशस्त्र प्रहरी जवान रहेको खुलेको छ ।

बाढी पीडितको उद्दारमा खटिएका उनीहरु कार्यालय फर्किने क्रममा दुर्घटनामा परेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङ्गका एसपी विनोद केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.