आज पनि मान्यजनबाट टीका लगाउने क्रम जारी

काठमाडौं– बडा दसैंको त्रयोदशी तिथिका दिन आज पनि मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाएर आशिर्वाद लिने दिने क्रम जारी छ ।

१५ दिन सम्म मनाइने बडा दसैंको विजया दशमीको दिन मान्यजनका हातबाट टीका जमरा लगाएर आशिर्वाद लिन नपाएका र नभ्याएकाहरुले कोजाग्रत पुर्णिमाको दिनसम्म नै टीका लगाएर आशीर्वाद लिन सकिने परम्परा रहिआएको छ ।

यस वर्ष कोजाग्रत पूर्णिमा भोलि परेको छ ।

विजया दशमी र एकादशीको दिन दिनभर पानी परेर टिका लगाउन हिंडेकाहरुलाई असहज बनाएको भएपनि हिजो फाट्टफुट्ट वर्षातकै बीच टीका लगाउन हिंडेकाहरुको बाक्लै चहल पहल देखिएको थियो । आजबाट काठमाडौं उपत्यकामा मौसम सामान्य खुल्ने पूर्वानुमानबीच बिहानैबाट सडकहरुमा टीका लगाउन हिंडेका र अन्य कामका लागि हिडेकाहरुको चहलपहल दखिएको छ ।

दसैंको मुख्य दिनहरु सकिएसँगै सडकमा मानिस र सवारी साधनहरुको चहलपहल पनि बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.