देशभर एकसाथ उम्मेदवारी दर्ता

काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभाका लागि मंसिर ४ गते हुने निर्वाचनका लागि देशभर एकसाथ उम्मेदवारी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय दिएको थियो । आयोगका अनुसार मनोनयन दर्ताका लागि कार्यालयमा पुगेकालाई राति अबेरसम्म पनि मनोनयन गर्न दिइनेछ ।

उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था आयोगले मिलाएको थियो ।

समानुपातिक तर्फको निर्वाचन प्रणालीको प्रक्रिया यसअघि नै सुरु भइसके पनि प्रत्यक्ष रुपमा निर्वाचित हुने अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम आज तोकिएको थियो ।

प्रमुख दलका नेताहरुमध्ये प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वारेसमार्फत डडेलधुराबाट मनोनयन दर्ता गराउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखा २, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट २, जसपा अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट मनोनयन दर्ता गराउनुभएको छ ।

मुख्य दलहरुमा टिकटको टुंगो नलाग्दा कतिपय उम्मेदवारहरुले काठमाडौंबाट जहाज लिएर जानुपर्ने अवस्था सिर्जना भएको थियो ।

आगामी निर्वाचनमा कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । एमालेले पनि जसपा, राप्रपा नेपाल, राप्रपा नेपाल लगायतका दलसँग केही सिटमा गठबन्धन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.