कर्णाली नदीले खतरा तह पार गर्‍यो

सुर्खेत- कर्णाली नदीले खतरा तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सो नदीको खतरा तह १० दशमलव ८ मीटर रहेकोमा १२ मीटर पुगेको छ । जलसतह १० दशमलव ८ मीटर हुँदा समेत असोज १ गतेको बाढी धानखेतमा प्रवेश गरी क्षति पुर्याएको थियो ।

थप बर्षा हुने देखिएकाले कर्णाली तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन पनि अपिल गरिएको छ । यसैबीच कर्णाली नदीको बाढी राजापुर तटीय क्षेत्रमा पस्न थालेको छ । राजापुरको दौलतपुरका केही घरमा बाढी पसेको स्थानीयले बताएका छन् ।

हिजो भीषण वर्षा भएकाले कर्णालीमा जलस्तर बढ्दै गएको हो । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह गरिएको बताउनुभयो । त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई सुरक्षित स्थल जाने मानिसलाई सहयोग पुराउन परिचालन गरिएको छ ।

पहाडी र तराई क्षेत्रमा वर्षा नरोकिएकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । कर्णालीको बाढी कैलालीको टीकापुर क्षेत्रमा पनि पसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.