नाइजेरियामा डुंगा दुर्घटना हुँदा ७६ जनाको मृत्यु

बाढी प्रभावित नाइजेरियाको दक्षिण पूर्वी राज्य अनाम्ब्रामा भएको डुंगा दुर्घटनामा परी ७६ जना सर्वसाधारणको मृत्यु भएको छ ।

डुंगामा झण्डै ८० जना मानिस रहेको बताइएको छ । बस्ती नै बाढी र डुबानमा परेपछि डुंगामा चढेर सुरक्षित स्थानतर्फ जाने क्रममा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् ।

नाइजेरियाका राष्ट्रपतिले दुर्घटनामा परी ज्यान गुमाउनेका परिवार प्रति समवेदना प्रकट गर्दै जल यातायातमा सुरक्षाका उपायहरु पुनरावलोकन गर्न निर्देशन समेत दिनु भएको छ । दुर्घटनामा परी बेपत्ता भएकाहरुको खोजी कार्य तीब्र रुपमा संचालन गर्न आपतकालिन सेवालाई निर्देशन दिइएको छ ।

स्थानीय संचार माध्यमहरुले डुंगाको इन्जिन फेल भएकाले दुर्घटना भएको बताएका छन् । साथै डुंगा डुब्नु अघि पुलमा ठोक्किएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.