बझाङको एउटा विद्यालय पहिरोले भत्कायो

बझाङ- एकसातादेखि परेको अविरल वर्षासँगै आएको बाढि  र पहिरोले बझाङको बगल नगरपालिकाको एउटा विद्यालय भत्काएको छ।

दुर्गा भवानी प्राथमिक विद्यालय बुगल नगरपालिका वडा -६ को छाना माथिबाट पहिरो आएर भत्किएको स्थानीय भुवन सिंहले जानकारी दिए ।

बिद्यालय दशैं तिहारको लागि बन्द रहेकोले मानवीय क्षति भने हुन पाएन ।  अब केही दिनमा संचालन हुनुपर्ने विद्यालय पहिरोले बगाएपछि पठनपाठनमा समस्या हुने देखिएको छ ।

एकसाता देखि परेकाे अविरल वर्षासँगै बुगल नगरपालिका बिभिन्न ठाउँमा पहिरो गएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.