प्रधानमन्त्री देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी खारेज

डडेलधुरा- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विरुद्धमा परेको उजुरी खारेज भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलय डडेलधुराले प्रधानमन्त्री देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएकोले उजुरी खारेज गर्दै उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो ।

उम्मेदवार विरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गर्दा उम्मेदवार विरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभएको छ ।

एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिनुभएका प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उहाँका प्रतिस्पर्धी कर्ण मल्लले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.