उम्मेदवारी फिर्ता लिनेलाई गठबन्धनको धन्यवाद, सर्लाही २ मा यादव आधिकारिक उम्मेदवार
काठमाडौं– सत्तारुढ गठबन्धनले पार्टी निर्देशन पालना गर्दै उम्मेदवारी फिर्ता लिने बागी उम्मेदवारहरुलाई धन्यवाद दिएको छ ।
गठबन्धनका चार दलले बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै केन्द्रको निर्देशनअनुसार उम्मेदवारी फिर्ता लिएका सबैलाई धन्यवाद दिएको छ ।
बैठकले सर्लाही २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार महेन्द्र राय यादवलाई आधिकारिक उम्मेदवार बनाएको छ । यसैगरी सोही क्षेत्रको प्रदेश सभा (१)मा सुनिल साह र प्रदेश सभा (२)मा कौशल किशोर राय यादवलाई आधिकारिक उम्मेदवार बनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्