उम्मेदवारको अन्तिम नामावली प्रकाशन

प्रतिनिधिसभातर्फ २,४१२ र प्रदेशसभातर्फ ३,२२४ उम्मेदवारहरु प्रतिस्पर्धामा

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने भएका छन् l ११९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।

यसैगरी प्रदेशसभातर्फ ३,२२४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभातर्फ २५७ जनाले उम्मदवारी फिर्ता लिएका छन् । उम्मेदवारी दिनेहरुमा प्रतिनिधिसभातर्फ २,१८७ पुरुष र २२५ जना महिला छन् भने प्रदेशसभातर्फ २,९४३ जना पुरुष र २८० जना महिला रहेका छन् । अन्यमा १ जना रहेको आयोगले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.