ओलीले इमान्दार नेता कार्यकर्तालाई पन्छाएः ओली

काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षले इमान्दार नेता कार्यकर्तालाई पन्छाएको आरोप लगाउनुभएको छ ।

रावलले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीको तल्ला कमिटीको सिफारिस अवज्ञा गर्दै अध्यक्ष केपी शर्मा ओलीले टिकट रोकेको आरोप लगाउनुभयो । उहाँले अध्यक्ष ओलीमाथि दर्जनौं गम्भीर आरोप लगाउनुभयो ।

क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले अछाम क्षेत्र नम्बर १ बाट एकल सिफारिस गरे पनि टिकट नपाएपछि रावल असन्तुष्ट हुनुहुन्थ्यो ।

इमान्दार राजनीतिक कार्यकर्तालाई पन्छाएर गणतन्त्रविरोधी, धार्मिक प्रचारकलाई टिकट दिएकोसमेत रावलको आरोप छ । उहाँले ओलीले पक्षधरताको हद नाघेकोसमेत आरोप लगाउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी महाधिवेशनमा अध्यक्षका लागि चुनाव लडेका रावलको ठाउँमा माओवादी केन्द्रबाट एमाले आएका झपट बोहराले टिकट पाउनुभएको छ ।

एमाले पूर्वउपमहासचिव घनश्याम भूसालले यसअघि नै एमाले परित्याग गरी स्वतन्त्र हैसियतमा उम्मेदवार हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.