टर्कीको बार्टिन प्रान्तमा रहेको एक कोइला खानीमा विष्फोट, २५ जनाको मृत्यु

उत्तरी टर्कीको बार्टिन प्रान्तमा रहेको एउटा कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु भएको छ । खानीमा अझै पनि कयौं मानिस फसेको बताइएको छ ।

खानीमा विष्फोट हुँदा झण्डै १ सय १० जना काम गरिरहेको बताइएको छ । करिब ३ सय मिटर गहिरो खानीमा झण्डै आधा भागतिर ती कामदारहरु काम गरिरहेको बताइएको छ ।

टर्कीका स्वास्थ्य मन्त्रीका अनुसार खानीबाट ११ जनाको उद्दार गरिएको छ । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । खानीमा फसेका कामदारहरुको जीवितै उद्दार गर्न आपतकालिन कामदारहरु रातभर चट्टान खनेर खानीमा पुग्ने प्रयास गरिरहेका छन् ।

खानीमा फसेका आफ्ना प्रियजनको पर्खाइमा उनीहरुका परिवारका सदस्य खानी बाहिर कुरिरहेका छन् । विष्फोट करिब ३ सय मिटर गहिराइमा भएको अनुमान गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.