गठबन्धनले सातै प्रदेशमा भेला गर्ने
काठमाडौं– सत्ता गठबन्धनले निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा गर्ने भनेको संयुक्त भेलाको स्थान र मिति सार्वजनिक गरेको छ ।
बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले कात्तिक ४ देखि ७ गतेबाट सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो । जसअनुसार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त विज्ञप्तिमा कात्तिक ४ गते पोखरा र बुटवलमा भेला हुने उल्लेख छ ।
त्यस्तै, कात्तिक ५ गते विराटनगर र जनकपुरमा प्रदेशस्तरीय भेला हुने छ । कात्तिक ६ गते सुर्खेत र धनगढीमा कात्तिक ७ गते काठमाडौंमा भेला आयोजना गरिने भएको छ । सातै प्रदेशमा हुने भेलाहरुमा गठबन्धन दलका शीर्ष नेताहरु सहभागी हुने गठबन्धनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।।
प्रतिक्रिया राख्नुहोस्