अमेरिका प्रवेश गर्न चाहने भेनेजुयलाका आप्रवासीहरुको भीड फेरि बढ्यो

न्यूयोर्क- अमेरिका प्रवेश गर्न चाहने भेनेजुयलाका आप्रवासीहरुको भीड फेरि बढेको छ ।

अमेरिकी प्रशासनले आप्रवासी सम्बन्धी नीतिमा केही परिवर्तन गरे लगत्तै उनीहरु पनामा भित्रिन लागिपरेका हुन् । यतिखेर उनीहरु पनामाको डेरिन क्षेत्रको कष्टकर यात्रामा छन् । यात्रामा रहेकामध्ये ८० प्रतिशत भेनेजुएली र बाँकी इक्वेडर, क्यामरुन लगायत मुलुकका छन् ।

उनीहरु खोलानाला र हिलाम्मे बाटो हुँदै आफ्ना बालबच्चा र लत्ताकपडा सहित कष्टकर यात्रामा छन् । अमेरिकाले २४ हजार मानिसलाई मानवीय आधारमा प्रवेश अनुमति दिने जनाएपछि उनीहरु अमेरिका फर्किन लागेका हुन ।

आन्तरिक असहजताका कारण भेनेजुयलाका करिव ७० लाख मानिसले देश छोडेको संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिला सम्बन्धी एक निकायले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.