एनआरएनए पूर्वउपाध्यक्ष श्रेष्ठ उपराष्ट्रपतिबाट सम्मानित

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ काठमाडौंमा शनिबार सम्मानित हुनुभएको छ ।

फोकस नेपालले श्रेष्ठसहित समाजमा विभिन्न पेसा, व्यवसाय र समाजसेवामा क्रियाशीललाई सम्मान गरेको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रेष्ठसहित राष्ट्र बैंकका डेपुटी गर्भनर डा. निलम ढुंगानालगायतलाई सम्मान गर्नुभएको हो ।

समाजसेवासहित नेपालमा विदेशी लगानी भित्र्याउन योगदान दिएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

श्रेष्ठको नेतृत्वमा झण्डै एक अर्बको लगानीमा नेपालमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले औषधि उत्पादन सुरु गर्दैछ । उहाँले नेपालमा उद्योग, व्यवसाय र सेवा क्षेत्रमा करोडौं लगानी गर्नुभएको छ ।

कार्यक्रममा कलाकारहरुले दीपावलीको अवसर पारेर देउसै भैलो गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.