आज काग तिहार मनाईंदै

काठमाडौं- कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिएर मनाईंदैछ ।

काग तिहारदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण हिजोदेखि नै यमपञ्चक शुरु भएको छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा-मीठा खान दिई खुशी पार्ने गरिन्छ ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.