‘युक्रेनमा आणविक हतियार प्रयोग गर्ने मनसाय छैन’

रुस- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्ने योजना र मनसाय नरहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय विदेश नीति सम्बन्धी विज्ञहरुको सम्मेलनमा बोल्दै पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्न आवश्यक नरहेको बताउनु भएको हो । आणविक हतियार प्रयोगका लागि न त राजनीतिक कारण न त सैन्य कारण नै रहेको पुटिनले स्पष्ट पार्नुभयो ।

साथै युक्रेनले मस्को विरुद्ध रेडियोधर्मी विष्फोट गराउने षडयन्त्र गरेको भन्ने मस्कोको दावीलाई भने पुटिनले पुनः दोहोर्‍याउनु भयो ।

पश्चिमा मुलुकको सहयोगमा युक्रेनले रेडियोधर्मीको प्रयोग गरी क्षेप्यास्त्र बनाएको र रुस विरुद्ध प्रयोग गर्ने तयारी गरिरहेको पुटिनको दाबी छ । तर रुसी आरोपलाई यस अघि नै युक्रेनले अस्वीकार गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.