तिहार सकियो, छठको तयारी सुरु

काठमाडौं– नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्वको तयारी शुरु भएको छ। अहिले बजारमा छठ पर्वको लागि चाहिने सामाग्रीहरुको बिक्री बढिरहेको छ।

छठ पर्वका लागि ब्रतालुहरुले आवश्यक सामाग्रीहरुको जोहो गर्न शुरू गरिसकेका छन । छठ लक्षित माटोको सामाग्री बनाउनेहरुको व्यस्तता पनि बढेको छ।

सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय स्तरमा उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको छ । तराई क्षेत्रमा माटका नयाँ भाँडामा धार्मीक कार्य गर्ने चलनको कारण चाड पर्वमा माटाको भाँडको माग बढ्ने गर्दछ ।

पछिल्लो समय प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि माटोको सामाग्री बनाएर गुजारा गर्नेहरुको व्यवसाय संकटमा परेको कालिगढहरुको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.