नेपाली कांग्रेसको आगामी निर्वाचनको संकल्पपत्र सार्वजनिक हुँदै

काठमाडौं– नेपाली कांग्रेसको आगामी निर्वाचनको संकल्पपत्र अहिले केहीबेरमा सार्वजनिक हुँदैछ ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामा आउने भएपछि सुरक्षा व्यवस्था पनि सुदृढ बनाइएको छ । कुल ५२ पृष्ठको घोषणापत्रको मुख्य नारा ‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार : नेपाली काँग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने रहेको छ ।

घोषणापत्र सार्वजनिक गर्न सबै तयारी पूरा भएको घोषणापत्र निर्माण समितिका सदस्य डा. स्वर्णिम वाग्लेले दिनुभयो । घोषणापत्र निर्माण गर्न महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा बनेको थियो ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयबाट अबको केही बेरमा घोषणापत्र सार्वजनिक हुने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.