पेलोसीका ८२ वर्षीय श्रीमानमाथि हिंस्रक आक्रमण

क्यालिफोर्निया- अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमानमाथि हिंस्रक आक्रमण भएको छ ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले पल पेलोसीलाई आक्रमण गरेर घाइते बनाएको सभामुखका सहयोगी ड्रु ह्यामिलले एक विज्ञप्ति निकालेर जनाएका छन् ।

आक्रमणकारीलाई हिरासतमा लिइएको तथा आक्रमणको अनुसन्धान भइरहेको छ । अस्पताल भर्ना भएका पललाई शीघ्र स्वास्थ्य लाभ हुने अपेक्षा गरिएको ह्यामिलले बताएका छन् । घटना हुँदा सभामुख पेलोसी सान फ्रान्सिस्कोमा थिइनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.