दक्षिण कोरियाको सियोलमा भागदौड मच्चिंदा १४९ जनाको च्यापिएर मृत्यु, ७६ जना घाइते

दक्षिण कोरियाको राजधानी सियोलमा ह्यालोइन पर्व मनाउन भेला भएका हजारौं मानिसहरुबीच एउटा साँघुरो गल्लीमा ठेलमठेल हुँदा एकआपसमा च्यापिएर १ सय ४९ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ७६ जना घाइते भएका छन् । कोरोना महामारीपछि पहिलोपटक सार्वजनिक स्थालमा विना मास्क भेला हुन अनुमति दिइएकाले सियोलकै चर्चित रात्रिकालिन मनोरञ्जन स्थल इटावनमा ह्यलोइनका लागि हजारौं मानिस भेला भएका थिए ।

रात्रिकालिन मनोरञ्जनका लागि अधिकांश युवाहरु भेला भएकाले मृत्यु हुनेमा पनि युवाहरु नै धेरै रहेका छन् । घटनामा दुई जना विदेशी नागरिकको पनि मृत्यु भएको बताइएको छ । साथै १५ जना गैर कोरियाली घाइते भएका छन् ।

घटना लगत्तै दक्षिण कोरियाली राष्ट्रपति युन सुक इलले आपतकालिन बैठक आव्हान गरी घाइतेको उपचारका लागि टास्कफोर्स गठन गर्नुका साथै भागदौडको कारण बारे छानविन गर्न निर्देशन दिनुभयो । सियोलमा भएको भागदौडको घटना पछिल्लो दशककै भागदौडका घातक घटना मध्येको एक हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.