जनताले उचित मूल्याङ्कन गर्नेछन् : नेता सिंह

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताउनुभएको हो ।

“चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि चुन्ने भन्ने विषय जनताको हो, उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्छन्, हामी सबैको काम र हैसियत जनताले देखेकै छन्”, उहाँले भन्नुभयो ।

नेता सिंहले कांग्रेस राजनीतिक स्थायित्व र विकासको एजेन्डा लिएर जनतासमक्ष पुगेको भन्दै उक्त कुरालाई पूरा गर्न कांग्रेसलाई विजय गराउन आवश्यक रहेको पनि बताउनुभयो । उहाँले मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना र यसको स्थायित्वका लागि नेपाली कांग्रेसले इतिहासदेखि गरेका कामको मूल्याङ्कन जनताले गरिरहेको पनि बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री सिंहले आफ्नो ध्यान संसद्मा कानून बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमासमेत भएको स्पष्ट पार्नुभयो । काठमाडौँ क्षेत्र नं १ मा भौतिक पूर्वाधारका क्षेत्रमा आफूले यसअघि सांसद भएर धैरे काम गरेको स्मरण उहाँले गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.