निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई एक कार्यक्रमको आयोजना सो सवारी साधन हस्तान्तरण गर्नुभएको हो ।

त्यसबखत प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उहाँले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.