सङ्घीयता कार्यान्वयन अध्ययनले बुझायो प्रतिवेदन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विभिन्न १२ विषयमा ९९ बुँदा सहितको सुझाव प्रतिवेदन सिफारिस गरेको छ ।

समितिका संयोजक खिमलाल देवकोटाले सरकारका तहहरूबीचको कार्य जिम्मेवारीमा प्रष्टता नआएको भन्दै कार्य विस्तृतीकरणलाई परिमार्जन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुझाव दिइएको बताउनुभयो ।

संसदीय समितिले संघीय मन्त्रालयको संख्या कटौती गरी १५ वटा मात्र बनाउन सरकारलाई निर्देशन भएको छ । त्यसैगरी संघीय तहमा रहेका विभागहरू आधाभन्दा बढी कामविहीन अवस्थामा रहेकाले आधा खारेज गर्नका लागि नीतिगत व्यवस्था मिलाउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै समितिले प्रदेश मन्त्रीको संख्या बढीमा ११ जना भन्दा नबढाउन समेत सिफारिस गरेको छ । समितिले स्थानीय तहको कार्यजिम्मेवारी‚ वित्तीय स्रोत तथा साधन लगायतमा ठूलो परिवर्तन भएको सन्दर्भमा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत उपसचिवभन्दा तल्लो दर्जाको कर्मचारी नहुने नीतिगत व्यवस्था गर्नसमेत सिफारिस गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.