खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५.७ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु

डोटी- डोटी केन्द्रबिन्दु भएर भूकम्प जाँदा डोटीमा ३ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका पदम बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो ।

स्थानीयका अनुसार भत्किएको घरमा च्यापिएको अवस्थामा एक महिला र दुई बालबालिका गरी तीन जनाको शव भेटिएको छ ।

राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

कालीकोटसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार तीनदेखि चार सेकेण्डसम्म भूकम्पको महसुश भएको थियो ।

आज बिहान २ बजेर १३ मिनेटमा खप्तड क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । घरमा सुतिरहेको अवस्थामा बिहानको भूकम्पका कारण घरहरू भत्किएर मानवीय क्षति भएको हो ।

सुदूरपश्चिममा पाँच घण्टाको अन्तरालमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । घर भत्किएर मानवीय क्षति भएको खबर प्राप्त भए पनि पूर्ण विवरण आउन नसकेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.