राष्ट्रपति भण्डारी आइसल्यान्डको राजधानी रेक्जाभिकमा

राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको दुई दिने औपचारिक भ्रमणको सिलसिलामा आइसल्यान्डको राजधानी रेक्जाभिक आइपुग्नु भएको छ । उहाँ सोमबार साँझ काठमाडौंबाट प्रस्थान गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीलाई आइसल्याण्ड समेत हेर्ने डेनमार्कका लागि कार्यवहाक राजदूत तीर्थ अर्याल, आइसल्याण्डका अवैतनिक महाबाणिज्यदूत निचल लोसकार्सन आइसल्याण्डको परराष्ट्र मन्त्रालयका उच्च् अधिकारीहरुले क्याफलाभिकअन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्ड आउनु भएको हो । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने छ ।

भ्रमण दलमा उहाँकी छोरी उषाकिरण भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल राष्ट्रपति कार्यालयका सचिब यादब कोईराला, राष्ट्रपतिको सञ्चार विज्ञ टिका ढकाल लगायत हुनुहुन्छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.