भुकम्प अपडेटः ६ जनाको मृत्यु, ५ जना घाइते

डोटी- डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका प्रेम बोहराको घर भत्किँदा ५० वर्षीय प्रेम बोहोरा, १४ वर्षीया तुल्सी बोहरा र १४ वर्षीया धनसरी बोहराको मृत्यु भएको छ । यसैगरी भगबती बोहराको घर भत्किदा ३५ वर्षीया भगवती बोहोरा, १३ वर्षीया सीता बोहरा,८ वर्षीय हर्क बोहराको मृत्यु भएको छ ।

सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा घाइते भएको पनि उहाँले जानकारी दिनुभयो । भूकम्पले सो गाउँका ८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युटको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घरहरू भत्किएका छन् । जिल्लाको सायल गाउँपालिकामा पनि भौतिक क्षति भएको जनाइएको छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थप उद्धारका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीय सहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी ७ पटक भूकम्पको झट्का गएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.