मोरङ–३ मा कांग्रेसबाट मानबहादुर लिम्बू उम्मेदवार

विराटनगर– मोरङ–३ (१) को प्रदेशसभाका लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ ।
बेलबारी ८ घर भएका लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुनुहुन्छ ।
उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयन गर्न आज १० बजेदेखि १ बजेसम्म समय दिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्