मुस्ताङका सर्वसाधारण बेसी झर्न थाले

मुस्ताङ- चिसो मौसमको सुरुवातसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेसी झर्न थालेका छन् ।

कात्तिक महिना शुरु भएदेखि नै उनीहरूले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार सुरु गरेका हुन् । वृद्ध वृद्धाबाहेक अधिकांश सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताउनु भयो ।

व्यापारमा निस्किएका मुस्ताङगीहरुले आफ्नै लगानीमा लत्ता कपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, सिलाजित लगायतका सामग्रीको व्यापार गर्दै आएका छन् । चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले असोज अन्तिम साताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ ।

मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायत गाउँबाट सर्वसाधारण जाडो छल्न तल झर्ने गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.