‘स्वतन्त्र’ भ्रम सिर्जना गर्ने र अस्थिरता फैलाउने योजनाबद्ध अभियान : पूर्वमन्त्री शाक्य
काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्यले स्वतन्त्रको नाममा भ्रम छर्ने प्रयास भएको बताउनुभएको छ ।
शाक्यले स्वतन्त्रको नाममा राजनीतिक दल र नेतालाई आलोचना गरेर स्वतन्त्रलाई विजयी बनाउनुपर्छ भन्ने भ्रम फैलाउने काम भइरहेको बताउनुभयो ।
‘यो झट्ट सुन्दा आकर्षक अभियानजस्तो लाग्न सक्छ । तर, गहिरो गरेर अध्ययन गर्ने हो भने यसले दीर्घकालीन रूपमा धेरै असर गर्ने देखिन्छ। ‘यो अभियान त्यसै फुत्त आएको अभियान होइन । सुन्दा राजनीतिक दलबाट दिक्क भएका मतदाताको आक्रोशजस्तो देखिए पनि यो योजनाबद्ध अभियान हो,’ बुधबार शाक्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
शाक्यले राष्ट्रियताको रक्षाका निम्ति एमालेलाई बहुमतसहित विजयी बनाउन मतदातालाई अनुरोध गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्