एमाले र कांग्रेसको सुरुवाती अग्रता, एमाले ६, कांग्रेस ३ र स्वतन्त्र पार्टी २ स्थानमा अगाडि
काठमाडौं– प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएका छन् ।
एमालेले प्रतिनिधि सभामा ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । एमालेले झापा २, धनुषा ३, बाँके ३ मा अग्रता लिएको छ । नेपाली कांग्रेसले काठमाडौं- १, भक्तपुर– २ र मुस्ताङमा अग्रता लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्