मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, २९ वर्षीय गौचन सांसद निर्वाचित

मुस्ताङ– प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ ।

मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित हुनुभएको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने एमालेका प्रेम तुलाचनले ३ हजार ७८ मत प्राप्त गर्नुभयो ।

योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ ।

प्रतिनिधि सभा सकिएसँगै अब प्रदेश सभा प्रत्यक्षतर्फको मतगणना सुरु हुने अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.