मनाङ प्रदेशसभा (१) मा कांग्रेसबाट गुरुङ निर्वाचित

लमजुङ- हिमाली जिल्ला मनाङको प्रदेश सभा (१) मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले ३ सय ३० मतान्तरले नेकपा (एमाले) का राजनबहादुर गुरुङलाई पराजित गर्नुभएको हो ।

बिजयी गुरुङले १ हजार २ सय ५५ मत पाउनुभएको छ । पराजित गुरुङले ९ सय २५ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा (२) मा यसअघि नै राजीव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध भइसक्नुभएको छ । मनाङमा प्रतिनिधि सभा सदस्यतर्फ कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङबीच प्रतिस्पर्धा भइरहेको छ । हाल मतगणना कार्य भइरहेको छ । पोल्देन छोपाङ गुरुङले अग्रता लिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.