रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित

रुकुम– रुकुम पूर्वबाट नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर विजयी हुनुभएको छ ।

१२ हजार २६२ मत प्राप्त गरी घर्तीमगर विजयी हुनुभएको हो ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २२१ मत प्राप्त गर्नुभयो ।

प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन ४ हजार ४६५ मतका साथ विजयी हुनुभयो भने प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका धनबहादुर केसी ४ हजार ८६२ मतका साथ निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.