प्रतिनिधिसभातर्फ ६० स्थानको मत परिणाम सार्वजनिक, २३ मा का‌ंग्रेस र १३ मा एमाले विजयी

काठमाडौं- प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६० स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार २३ स्थानमा नेपाली काग्रेस विजयी भएको छ । १३ स्थानमा एमाले विजयी हुँदा नेकपा माओवादी केन्द्र ६ स्थानमा विजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी ६ स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४ स्थानमा विजयी भएको छ । यसैगरी राप्रपा २ स्थानमा विजयी भएको छ ।

राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपा १-१ स्थानमा विजयी भएका छन् भने स्वतन्त्र उम्मेदवार पनि एक ठाउँमा निर्वाचित भएका छन् ।

प्रतिनिधि सभातर्फ अन्य निर्वाचन क्षेत्रहरुको मतगणना जारी रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.