कञ्चनपुर १ मा माओवादी केन्द्रकी बिना मगरलाई हराउँदै एमालेका तारा लामा तामाङ्ग विजयी

कञ्चनपुर- कञ्चनपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उमेदवार तारालामा तामाङ् विजयी हुनुभएको छ । लामाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई ५ हजार ५ सय ४२ मत अन्तरले पराजित गर्नुभएको हो । तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४४ मत प्राप्त गर्नु भएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्द कुमार रानाले ८ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले १ हजार ९०६ मत प्राप्त गर्नुभएको छ ।

९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ६०४ मत खसेका थिए । भने ३ हजार ६४१ मत बदर भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.