काभ्रे २ बाट गोकुल बास्कोटा विजयी

काभ्रे- काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बास्कोटा निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिव प्रसाद हुमागाईंलाई ५८६३ मतले पछि पार्दै बास्कोटा विजयी हुनुभएको हो ।
बास्कोटाले ४५३४५ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रस्पिर्धी हुमागाईंले ३९४८२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी १०५७३ ल्याउनु भएको छ ।

बास्कोटा यस अघिको २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं २ बाटै निर्वाचित हुनुभएको थियो । बास्कोटाले निर्वाचित भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । प्रतिनिधि सभा क्षेत्र नं २ मा बास्कोटासँग १६ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

काभ्रेका कूल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये क्षेत्र नं १ लाख ५७ हजार ४ सय ४२ छन् । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जिल्लामा खसेको कूल मत १ लाख ८७ हजार ३ सय ३० मतमध्ये क्षेत्र नं २ मा १ लाख ३ हजार ३ सय ९१ मत खसेको थियो ।

काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ मा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काभ्रेका प्रदेशका चारै निवार्चन क्षेत्रको मतगणना भने सम्पन्न भइ मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.