रामेछापमा गठबन्धन दलका उम्मेदवार विजयी
रामेछाप- मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा रामेछापमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापका तीन स्थानमै गठबन्धन दलका उम्मेदवार विजयी हुनु भएको छ ।
रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ कान्छाराम विजय हुनु भएको हो । उहाँले एमाले उम्मेदवार कैलाश ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले पछि पादै विजय हुनु भएको हो ।
तामाङले ४७ हजार ९८ मत प्राप्त गर्नु भएको थियो । ढुङ्गेलले ३० हजार ७२९ प्राप्त गर्नु भएको थियो ।
प्रदेशसभा १ मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजय हुनु भएको छ ।
त्यसैगरी रामेछापको प्रदेश सभा २ मा पनि माओवादी केन्द्रकै युवराज चौलागाई विजयी हुनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्