सुनसरी ४ मा पुनः मतगणना गर्न माग गर्दै उम्मेदवार कार्कीद्वारा निवेदन

सुनसरी- सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गर्नुभएको छ ।

शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा कुनै सहमति जुट्न नसकेपछि पुनः मत गणनाको माग गर्दै कार्कीले आज निर्वाचन आयोगमा निवेदन दिनुभएको हो ।

सुनसरी–४ मा मतगणनाका क्रममा गणनामा बसेका निर्वाचन आयोगकका कर्मचारीले नेकपा (एमाले) उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा छ सय छ मत बढी थपिएपछि विवाद भएको थियो । निर्वाचन अधिकृतले आयोगमा पठाएको छ सय छ मत सार्वजनिक गर्दा एक हजार दुई सय १२ मत भएपछि कांग्रेसले आपत्ति जनाएको थियो ।

यसरी थप देखिएको छ सय छ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरेको थियो । कांग्रेसका कार्कीले त्यो प्रस्ताव अस्वीकार गर्दै सुरुदेखि नै मतगणना गर्नुपर्ने माग गर्नुभएको हो । मतगणना रोकिँदासम्म कार्कीले २३ हजार चार सय ३९ र एमालेका कुसियैतले २३ हजार तीन सय ४१ मत पाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.